cpnuml प्रेस चौतारी नेपाल

प्रेस चौतारी नेपाल : स्थापनाकालदेखि हालसम्म

प्रेस चौतारी नेपाल तथ्यको आधारमा सत्य स्थापित गर्ने र जनताका दविएका आवाजलाई मुल मुद्धा बनाएर घन्काउने मुल उदेश्यका साथ स्थापना भएको ब्यावसायिक तथा श्रमजीवि पत्रकारहरुको साझा संस्था हो । २०५५ साल मंसिर ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भई आफ्नो यात्रा अघि बढाएको प्रेस चौतारी नेपालको औपचारिक गठन भने २०५५ साल माघ २२ गते अनामनगरस्थित तात्कालिन छलफल साप्ताहिका प्रबन्ध निर्देशन हेम पाठकको घरमा भेला भएका अगुवा पत्रकारहरुले गरेका हुन ।

प्रेस चौतारी नेपालको स्थापना हुनुअघि प्रगतिशील पत्रकार समूह अस्तित्वमा थियो । तत्कालिन नेकपा (एमाले) का प्रचार बिभाग प्रमुख एवं पूर्वसञ्चारमन्त्री प्रदीप नेपालको योजना र अग्रज पत्रकार तथा लेखक अग्नि शिखा, बरिष्ठ पत्रकार गोपाल थपलिया लगायत तीन दर्जन अग्रज पत्रकारहरूको पहलकदमीमा प्रेस चौतारी नेपालको जन्म भएको हो । बहुदलीय लोकतान्त्रिक परिपाटीको प्रवद्र्धन, खोजपूर्ण, व्यावसायिक एवं अनुसन्धानमुलक पत्रकारिता सम्बद्ध क्रियाकलापहरूको सञ्चालन गर्ने प्रेस चौतारीको मूल उदेश्य रहेको छ ।

हाल प्रेस चौतारी नेपालको ७७ वटै जिल्ला र संभव भएसम्म स्थानीय तहसम्म आफ्नो संगठन विस्तार गरेको छ । प्रेस चौतारी नेपालका संस्थापक सदस्य गणेश बस्नेत हाल अध्यक्षका रुपमा संगठनको नेतृत्व गरिरहनु भएको छ । २०७३ जेठ ६–८ मा सम्पन्न अठौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन हुनुभएका बस्नेत २०७८ फागुन २७–२८ गते पोखरामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट पुनः सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ ।

प्रेस चौतारी नेपालको संस्थापक सदस्यहरुमा गोपाल थपलिया, अग्निशिखा (स्वर्गीय), कुन्दन अर्याल, विजय चालिसे, जनार्दन पुडासैनी (राजव), युवनाथ लम्साल, बालकुमार नेपाल, कुमार भट्टराई, गोकुल प्रसाद बाँस्कोटा, महेन्द्र विष्ट, गगन विष्ट, राजेन्द्रबहादुर अर्याल, प्रमोद दाहाल, गणेश बस्नेत, आरकेश धर्मस्थली, सुशीलवीर सिंह कंशाकार, विवशराज श्रेष्ठ, राजेन्द्रबहादुर अर्याल, हेम पाठकलगायत २७ जना संस्थापक रहने गरी विजयकुमार चालिसेको नेतृत्वमा १२ सदस्यीय तदर्थ समिति बनेको थियो । जसमा उपाध्यक्ष जनार्दशन पुडासैनी (राजव), महासचिव युवनाथ लम्साल, सचिव प्रमोदकुमार सिंह, कोषाध्यक्ष टंकप्रसाद पन्त रहनुभएको थियो । सदस्यहरू कुमार भट्टराई, गोकुलप्रसाद बाँस्कोटा, महेन्द्र विष्ट, सुशीलविर सिंह कंशाकार, विवशराज श्रेष्ठ, राजेन्द्र अर्याललगायत रहनुभएको थियो ।

प्रथम राष्ट्रिय अधिवेशन

प्रेस चौतारी नेपालको प्रथम राष्टिय अधिवेशन २०५६ माघ २६ गते काठमाडौंमा  सम्पन्न भएको थियो । अधिवेशनले संस्थापक अध्यक्ष विजय चालिसेलाई नै अध्यक्ष बनाएको थियो भने उपाध्यक्षमा यज्ञ शर्मा, महासचिवमा शम्भु श्रेष्ठ, सचिवमा प्रमोद दाहाल र  कोषाध्यक्षमा श्रीधर आचार्य चयन हुनुभएको थियो ।

दोस्रो राष्ट्रिय अधिवेशन

पहिलो अधिवेशन सम्पन्न भएको २ वर्षपछि २०५८ वैशाख १२–१४ मा ललितपुरमा दोस्रो अधिवेशन सम्पन्न भएको थियो । दोस्रो अधिवेशनबाट शम्भु श्रेष्ठको अध्यक्षतामा २४ सदस्यीय केन्द्रीय समिति गठन भएको थियो । उपाध्यक्षमा यज्ञ शर्मा, महासचिवमा प्रमोद दाहाल, सचिवमा सूर्य थापा र कोषाध्यक्षमा श्रीधर आचार्य चयन हुनुभयो ।

सदस्यहरूमा श्रीओम श्रेष्ठ, केशव खनाल, कमला पराजुली, नेत्र पाठक, प्रेम ओझा, बलराम थापा, दिपेन न्यौपाने, श्रीप्रसाद शर्मा, बालकृष्ण चापागाईँ, भैरव गेलाल, चुडामणि वाग्ले, अशोक श्रेष्ठ, गोकुल घोरसाइने, पुण्य पौडेल, कुलमणि ज्ञवाली, मधुसुधन वैद्य, खेम भण्डारी, हेमन्त पौडेल चयन हुनुभयो ।

तेस्रो राष्ट्रिय अधिवेशन

प्रेस चौतारी नेपालको तेस्रो महाधिवेशन २०६० वैशाख २५–२६ मा पाल्पाको तानसेनमा सम्पन्न भयो । अधिवेशनबाट पुनः शम्भु श्रेष्ठ नै अध्यक्ष चयन हुनुभयो । उपाध्यक्षमा बालकृष्ण चापाँगाई, महासचिवमा प्रमोद दाहाल, सचिवमा गणेश बस्नेत र कोषध्यक्षमा श्रीओम श्रेष्ठ चयन हुनुभयो । सदस्यहरूमा, भरतराज पोखरेल, केपी गौतम, नेत्र पाठक, रामचन्द्र अधिकारी, कौशल चेम्जोङ, हरिकृष्ण वोहरा, महेश दास, मोहन चापागाईं, गोविन्द भट्टराई, इन्दिरा अर्याल, नवराज सुवेदी, कृष्ण अधिकारी, शरद अधिकारी, हेमन्त पौडेल, युवराज घिमिरे चयन हुनुभयो । 

चौथो राष्ट्रिय अधिवेशन

प्रेस चौतारी नेपालको चौथो अधिवेशन २०६२ साल जेठ २६–२८ मा हेटौंडामा सम्पन्न भयो । अधिवेशनबाट अध्यक्षमा बालकृष्ण चापागाईं र महासचिवमा गणेश बस्नेत निर्वाचित हुनुभयो । उक्त अधिवेशनपछि तत्कालिन पाँच विकास क्षेत्रलाई आधार मानेर पाँच जना उपाध्यक्ष राख्ने व्यवस्था भयो । सोही अनुसार महाधिवेशनबाट  पूर्वाञ्चल  उपाध्यक्षमा  देवी  दुलाल,  मध्यमाञ्चल विकास क्षेत्रमा भरतराज पोखरेल, पश्चिमाञ्चल विकास क्षेत्रमा मोहन चापाँगाईं, मध्यपश्चिमाञ्चलमा शरद अधिकारी र सुदुरपञ्चिमविकास क्षेत्रमा खेम भण्डारी उपाध्यक्ष बन्नुभयो । यस्तै सचिवमा गगन विष्ट र कोषाध्यक्षमा तारा अर्याल निर्वाचित हुनुभयो । तर, केही समयपछि उहाँले संगठनको सम्पर्क बाहिर रहेका कारण बालकुमार नेपाल कोषाध्यक्ष हुनुभयो ।

उक्त अधिवेशनबाट सदस्यहरूमा भिमसेन राजबाहक, राजेन्द्र फुँयाल, देवराज रिमाल, अछरी पोखरेल, राजकुमार दिक्पाल, बुद्धि खनाल, ईश्वर सेढाईं, मनोहर पोखरेल, रामशरण बजगाँईं, महेश दास, नवराज सुवेदी, कमलेश डिसी, दुर्गाप्रसाद शर्मा, शेरबहादुर केसी, नुमराज खनाल, प्रकाशविक्रम शाह र खगेन्द्र पन्त निर्वाचित हुनुभयो ।

पाँचौ राष्ट्रिय अधिवेशन

२०६४ जेठ ३० गते काठमाडौंको कीर्तिपुरमा पाँचौँ महाधिवेशन सम्पन्न भयो । उक्त अधिवेशनबाट पुनः बालकृष्ण चापाँगाईं नै अध्यक्षमा निर्वाचित हुनुभयो । अधिवेशनबाट पहिलो पटक बरिष्ठ उपाध्यक्षको ब्यवस्था गरिएअनुसार गणेश बस्नेत निर्वाचित हुनुभयो । यस्तै पाँच विकास क्षेत्रबाट पाँच उपाध्यक्ष निर्वाचित हुनुभयो । जसमा पूर्वाञ्चल उपाध्यक्षमा मनोहर पोखरेल, मध्यमाञ्चल विकास क्षेत्रमा महेश दास, मध्यपश्चिमाञ्चलमा विश डोटेल, पश्चिमाञ्चल विकास क्षेत्रमा नवराज सुवेदी र सुदुरपञ्चिमविकास क्षेत्रमा हेमन्त पौडेल उपाध्यक्ष बन्नुभयो ।

महासचिवमा गगन विष्ट निर्वाचित हुनभयो भने सचिवमा भीमसेन राजवाहक र कोषाध्यक्षमा बालकुमार नेपाल निर्वाचित हुनुभयो । सदस्यहरूमा तीर्थ सिग्देल, नरेन्द्र राई, प्रकाश खतिवडा, द्वारिका काफ्ले, देवराज रिमाल, माधव नेपाल, रोहित दाहाल, प्रेमप्रसाद पौडेल, दुर्गाप्रसाद शर्मा, शेरबहादुर केसी, नुमराज खनाल, विष्णुप्रसाद तिमिल्सिना, सुरेन्द्र काफ्ले, प्रकाशविक्रम शाह, राजेन्द्र विष्ट, शिवजी गायक, निशा विश्वकर्मा, भगवान भण्डारी, राजेन्द्र फुँयाल, गंगा बराल, अनिता श्रेष्ठ, दुर्गा भण्डारी, सिर्जना आचार्य, निमा काफ्ले, वीरेन्द्रकुमार शाह, सीताराम चौधरी, सिद्धराज राई, इन्द्रसिंह राजवंसी, राजकुमार दिक्पाल, विष्णु रिजाल र केशव खनाल निर्वाचित हुनुभयो ।

छैटौं राष्ट्रिय अधिवेशन

प्रेस चौतारी नेपालको छैटौँ राष्ट्रिय अधिवेशन २०६६ माघ २२–२३  मा बुटवलमा सम्पन्न भयो । उक्त अधिवेशनबट गगन विष्ट अध्यक्ष निर्वाचित हनुभयो भने ४६ सदस्यीय केन्द्रीय समिति निर्वाचित भयो । वरिष्ठ उपाध्यक्षमा श्रीधर आचार्य निर्वाचित हुनुभयो । त्यसैगरी पूर्वाञ्चल उपाध्यक्षमा प्रकाश खतिवडा, मध्यमाञ्चल उपाध्यक्षमा राजेन्द्र अर्याल, मध्यपश्चिमाञ्चलमा कृष्ण अधिकारी, पश्चिमाञ्चल उपाध्यक्षमा दुर्गाप्रसाद शर्मा र सुदुरपञ्चिमाञ्चल उपाध्यक्षमा हेमन्त पौडेल निर्वाचित हुनुभयो । महासचिवमा विष्णु रिजाल निर्वाचित हुनुभयो भने दुई सचिवमा माधव नेपाल र लक्की चौधरी निर्वाचित हुनुभयो । कोषाध्यक्षमा अछरी पोखरेल निर्वाचित हुनुभयो । सदस्यहरूमा श्रीओम श्रेष्ठ, उपेन्द्र केसी, चेतन अधिकारी, डिल्ली पोखरेल, कुशलबाबु बस्नेत, द्वारिका काफ्ले, रामकुमार एलन, नजराज छत्कुल्ली, कृष्ण केसी, रामकृष्ण शर्मा, मुकेश पोखरेल, यज्ञराज थापा, सुदर्शन रिजाल, नवराज महतारा, मात्रिका तिम्सेना, राजेन्द्र विष्ट, राजेश राई, नेपोलियन चेपाङ, जीवन सेजुवाल, लक्ष्मी शाह, वीरेन्द्र मिश्र, तिलक विक, टीका विष्ट, शिवजी गायक, महेन्द्र विष्ट, नरेन्द्र साउद, गणेश पाण्डे, केशव अधिकारी, विश्वमणि सुवेदी, बिमला राई, सरिता दाहाल, शान्ति गुरुङ गिता अधिकारी, यमकला पाण्डे, लालबाबु शेख रहेको केन्द्रीय कमिटी बन्यो ।

सातौं राष्ट्रिय अधिवेशन

विसं. २०६९ फागुन २५–२६ मा विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको सातौँ महाधिवेशनबाट राजेन्द्र अर्यालको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भयो ।

सातौँ निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद शर्मा निर्वाचित हुनुभयो भने महिला उपाध्यक्षमा शान्ति गुरुङ निर्वाचित हुनुभयो । यस्तै पूर्वाञ्चल उपाध्यक्षमा कुशलबाबु बस्नेत, मध्यमाञ्चल उपाध्यक्षमा उपेन्द्र केसी, पश्चिमाञ्चल उपाध्यक्षमा मुकेश पोखरेल, मध्यपश्चिमाञ्चल उपाध्यक्षमा सुरेन्द्र काफ्ले र सुदुरपश्चिमाञ्चल उपाध्यक्षमा राजेन्द्र विष्ट निर्वाचित हुनुभयो । त्यसैगरी महासचिवमा माधव नेपाल, पाँच सचिवमा गणेश पाण्डे, टीका विष्ट, राजेश राई, नरेन्द्र साउद र रामकुमार एलन निर्वाचित हुनुभयो । कोाषध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभयो ।

सदस्यहरूमा रमेश पोखरेल, लिलाराज भट्टराई, सईन्द्र राई, ईश्वरी काफ्ले, केशव अधिकारी, विपीन गौतम, हरि बास्तोला, भरत केसी, गणेश पौडेल, सविन प्रियासन, वीरबहादुर गिरी, विनोद थापा, नवराज भण्डारी, जीवन सेजुवाल, अमृतनाथ तिमलसेना, सुरोजङ पाण्डे, इन्दिरा भट्टराई, विमला पाण्डे, गगनशिला खड्का, देविका घर्तीमगर, हेमन्ती चौधरी, बेचु गौड, भौचप्रसाद यादव, हिरामान लामा, भरत इङनाम, अमर सुनुवार, लालबाबु शेख, धर्मराजपाध्यय, टेकराज थामी, शुष्मा पौडेल, भगवान भण्डारी, नेपोलियङ चेपाङ, सरिता सुवेदी, इन्द्र आचार्य, निलिफा सुब्बा, गिता अधिकारी, विकास बञ्जाडे, किशोर बुढाथोकी, जीवन विसी, सुरेश सुमन डाँगी निर्वाचित हुनुभएको थियो । 

आठौँ राष्ट्रिय अधिवेशन

प्रेस चौतारी नेपालको आठौँ महाधिवेशन २०७३ साल जेठ ६ देखि ८ गतेसम्म काठमाडौंमा सम्पन्न भयो । सो अधिवेशबाट सर्वसम्मत रूपमा ९० सदस्यीय केन्द्रीय, लेखा र अनुशासन आयोग चयन भएको थियो । महाधिवेशनबाट संस्थापक सदस्य गणेश बस्नेत अध्यक्ष बन्नुभयो भयो भने माधव नेपाल वरिष्ठ उपाध्यक्ष बन्नुभयो ।

मुलुक नयाँ संरचनामा गएको अवस्थामा प्रदेशलाई आधार मानेर उपाध्यक्ष छनोट भएका थिए । जसअनुसार प्रदेश नम्बर–एक उपाध्यक्षमा लिलाराज भट्टराई, मधेश प्रदेशमा लालबाबु शेख, बागमति प्रदेशमा विश्वमणि सुवेदी, गण्डकी प्रदेशमा गणेश पाण्डे, लुम्बिनी प्रदेशमा सविन प्रियासन, कर्णाली प्रदेशमा वीरबहादुर गिरी र सुदुरपश्चिम प्रदेशमा नरेन्द्र साउद उपाध्यक्ष चयन हुनुभयो । यसैगरी महिला उपाध्यक्षमा टिका बिष्ट र समावेशी उपाध्यक्षमा सइन्द्र राई सर्वसम्मत हुनुभएको थियो । यस्तै महासचिवमा राजेश राइ, उपमहासचिवमा हिरामान लामा र रामकुमार एलन चयन हुनुभयो । यस्तै, ७ सचिवहरूमा भरत केसी, रामकृष्ण शर्मा, भउचप्रसाद यादव, देविका घर्तीमगर, शूरोजंग पाण्डे, अमृतनाथ तिमल्सिना, हेमकर्ण विक सर्वसम्मत निर्वाचित हुनुभयो । कोषाध्यक्षमा इन्द्र आचार्य सर्वसम्मत हुनुभयो । यसैगरी केन्द्रीय अनुशासन आयोगमा जे पाण्डे र लेखा आयोगमा विक्रम लुइँटेल सर्वसम्मत हुनुभयो ।

यसैगरी सदस्यहरूमा गोपाल गर्तौला, माधवराज तिवारी, एकिन्द्रकुमार कुँवर, राजन दाहाल, शालिग्राम नेपाल, शरद सापकोटा, कमलराज तिमल्सेना, चमिना भट्टराई, देवचन्द्र भट्ट, प्रदीप आचार्य, प्रकाश लम्साल, भरत खड्का, शिव ढुंगाना, श्याम कुँवर, नारायणकुमार शाह, सञ्चिता घिमिरे, उर्मिला कुँवर, हेमराज सिलवाल, शान्तराम विडारी, तेजप्रसाद वाग्ले, प्रकाश सिलवाल, अम्बिका भण्डारी, सटेन्द्र जगेवु, नैन विश्वकर्मा, गुञ्जन राय, फणिदेव महत, दिलिप सिंह, भवानी कार्की, रामेश्वर कार्की, शिशिर सिंखडा, जमुना वर्षा शर्मा, विद्रोही गिरी, गणेश पौडेल, पार्वती पाण्डे, घनश्याम गौतम, भेषराज बस्नेत, प्रतिमा परियार, गोविन्ददेव भारती, त्रिभूवन विसी, लोग्शरी कुँवर, नवराज भण्डारी, धर्मराजपाध्यय, सुवासप्रसाद साह, नर्मदेव यादव, वृजलाल पासवान, एक्शन राई, नूतन श्रेष्ठ, यम राना, रूपा गहतराज, सन्तोष वराइली, मानबहादुर चौधरी, कालिबहादुर मल्ल निर्वाचित हुनुभयो ।

नवौं राष्ट्रिय महाधिवेशन

नवौं राष्ट्रिय महाधिवेशन २०७८ फागुन २७–२८ गते पोखरामा सम्पन्न भयो । एकता प्रक्रियाका कारण महाधिवेशनको समय केही लम्बिएको हो । महाधिवेशनबाट गणेश बस्नेत पुनः अध्यक्षमा सर्वसम्मत चयन हुनुभयो । महाधिवेशनले बस्नेतको नेतृत्वको १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नवौं राष्टिय महाधिवेशनले बिधान संशोधन गर्दै यसअघि पाँचौं राष्ट्रिय अधिवेशनदेखि कायम रहेको पदाधिकारीको संरचना हेरफेर गरी बरिष्ठ उपाध्यक्षको ब्यवस्था हटाएको छ भने एक महिला अनिवार्य रहने ब्यवस्थासहित चार उपाध्यक्षको ब्यवस्था गरेको छ । जसअनुसार उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियाशन चौधरी, राजेश राइ र देविका घर्तीमगरलाई चयन गरेको छ । यस्तै महासचिवमा हिरामान लामा, उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन हुनुभएको छ । यसैगरी सचिवहरुमा हरिबल्लभ नेपाल, बिक्रम लुईटेल, कमल उपाध्याय, बिष्णु तारुके जम्मकट्टेल, सुष्मा पौडेल, प्रदीप आचार्य, बिष्णु शर्मा र लोग्शरी कुँवरलाई सर्वसम्मत चयन गर्यो । अधिवेशनले अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको ब्यवस्था गर्यो । जसअनुसार अनुशासन आयोग अध्यक्षमा नवराज महतारा, लेखा आयोग अध्यक्षमा सटेन्द्र जगेवु र निर्वाचन आयोग अध्यक्षमा गणेश खनाल चयन हुनुभएको छ ।